काठमाण्डौ । स्थानीयका लागि जारी थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज वैशाख ९ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ। वैदेशिक रोजगारीमा रहेकाका लागि भने गत वैशाख २५ गतेसम्म आवेदन खुला गरिएको थियो। 

कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता सेयर जारी गरेको छ। 

स्थानीयका लागि जारी आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने स्थानीयले ४ लाख ९२ हजार ५०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयाले खोटाङमा रहेका सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको साइट कार्यालयबाट आवेदन दिन सक्नेछन्।