काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज निष्कासनको अन्तिम दिनसम्म साढे १९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असार ८ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।
कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।
कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago