काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार (असार १९ गते) बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड कार्यक्रम राखिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ। 

कम्पनीले गत असार ५ गतेदेखि असार ८ गते सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेएको थियो। 

निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।