काठमाण्डौ । थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

आईपीओ निष्कासनका लागि थ्री स्टार हाइड्रोपावरले गत साउन १७ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो।

थ्री स्टारले १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। 

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

थ्री स्टारको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।