काठमाण्डौ । नाइट क्लब र बारमा पसेका १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि अहिले दक्षिण कोरियाको सोलमा भयवाह स्थिति सिर्जना भएको छ।
दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सी क्युनले सोलस्थित त्यस्ता नाइट क्लब र बारमा पसेका ती सबै ग्राहकलाई तुरुन्त कोरोना टेस्ट गर्न सार्वजनिक अपिलसमेत गरेका छन्।
सोलका नाइट क्लब र बारमा गएकामध्ये ११९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संख्या अझै धेरै हुन सक्ने स्वास्थ्य अधिकारीहरु बताउँछन्।
सोलमा गत अप्रिलको अन्त्यतिर नाइट क्लब र बार पुनः खोल्ने अनुमति दिइएको छ। त्यसयता सोलमा गरिएको २२ हजार मानिसको परीक्षणमा ११९ जनामा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य अधिकारीहरुका अनुसार अहिले सोलका १० वटा बार र नाइट क्लब निगरानीमा राखिएका छन्। ती नाइट क्लब र बारमा पसेका हजारौँ मानिसको अहिले मोबाइलको जीपीएस र क्रेडिट कार्डको रेकर्डबाट ट्रेस सुरु गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago