काठमाण्डौ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

एजेलिना उपराष्ट्रपति रिककी पत्नी पनि हुन्। माशरको उमेर ६० वर्षभन्दा माथि रहेको छ। 

मााशरको कोरोना टेस्ट गत मे १३ मा गरिएको थियो। उक्त दिन कोभिड–१९ टास्क फोर्सका एक सदस्य पोजेटिभ देखिएको थियो। 

माशरका बडीगार्ड र स्टाफका केही सदस्यमा पनि कोरोना पुष्टि भएको छ। 

दक्षिण सुडानमा कुल २३६ जना कोरोनाबाट संक्रमित छन् भने मृतकको संख्या ४ पुगेको छ। – एजेन्सी