काठमाण्डौ । दक्षिण कोरियाको मानव संशाधन विभागले सन् २०२१ मा नेपालका लागि ५ हजार ४०० जनाको कोटा निर्धारण गरेको छ।
वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले दक्षिण कोरियाको मानव संशाधन विभागले निर्धारण गरेको संख्या भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरिएको जनाएको छ। दक्षिण कोरियाले सन् २०२१ का लागि विभिन्न १६ देशबाट ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ। जसमा नेपाललाई यति कोटा निर्धारण गरिएको हो।
ईपीएस शाखाका दक्षिण कोरियाले संख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जनाएको छ। गत जनवरी भने दक्षिण कोरियाको मानव संशाधन विभागले सूचना निकालेर पहिलो ६ महिनामा उत्पादनतर्फ १ हजार नेपाली श्रमिक लैजाने भनेको थियो। तर ४ महिना सकिन लाग्दासमेत त्यताबाट कुनै प्रक्रिया अगाडि नबढेको शाखाले जनाएको छ।
सन् २००८ देखि नेपालबाट कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago