काठमाण्डौ । ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहने नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला गर्ने भएको छ।
शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाका लागि आवेदन खुला गर्न लागिएको जानकारी गराएको हो। इच्छुक साउन २० गतेदेखि साउन २४ गतेसम्म फाराम दर्ता गराउनुपर्नेछ। यसका लागि अनलाइनबाट आवेदन दिनुपर्नेछ।
भाषा परीक्षा असोज १ गतेदेखि हुनेछ। एक दिनमा ४ सिफ्टमा परीक्षा हुनेछ। भाषा परीक्षा हुने स्थान र समय आउँदो भदौ ८ गते शुक्रबार प्रकाशित गरिने शाखाले जनाएको छ। शाखाका अनुसार भाषा परीक्षामा उत्तीर्ण हुनेहरुको दोस्रो चरणमा सीप परीक्षण गरिनेछ।
भाषाा, सीप र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले मात्रै रोजगारीका लागि आवेदन दिन पाउने शाखाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19