काठमाण्डौ। कोरोनाभाइरस रोकथाममा निकै सफल देखिएको दक्षिण कोरियामा ठिक भएर फर्किएका ९१ जना बिरामीमा पुनः कोरोना पोजेटिभ देखिएको छ।
दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक जियोङ इयुन कियोङले यसरी ठिक भएका बिरामी पुनः कोरोना पोजेटिभ देखिएपछि यो भाइरस एकपटक देखिएको मानिसको शरीरमा फेरि दोस्रोपटक पनि सक्रि हुन सक्ने देखिएको बताए। अन्य स्वास्थ्य अधिकारीहरुले ठिक भइसकेको बिरामीमा कोरोना पुनः पोजेटिभ देखिएको स्पष्ट कारण पत्ता लगाउने काम भइरहेको जनाएका छन्।
ठिक भएका बिरामी पुनः कोरोना देखिएपछि दक्षिण कोरियाली अधिकारीहरुले क्वारेन्टाइनमा बसेकाहरुको नाडीमा एउटा ट्रकिङ रिस्टब्यान्ड लगाइदिएर उनीहरुमाथि निगरानी सुरु गर्ने बताएका छन्। साथै संक्रमितहरुमाथि पनि यस्तै किसिमको निगरानी सुरु गरिने उनीहरुको भनाइ छ।
दक्षिण कोरिायमा शनिबार साँझसम्म थप ३० जना नयाँ संक्रमित फेला परेका छन्। योसँगै त्यहाँ १० हजार ४८० जनामा कोरोना संक्रमण देखिइसकेको छ। तीमध्ये ७ हजार बिरामी उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य अधिकारीहरु बताउँछन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago