काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्ने क्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा सञ्चालनमा ल्याएको छ।
आज एक औपचारिक कार्यक्रमबीच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जीवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीबाट संयुक्त रुपमा यो सेवाको उद्घाटन भएको हो । समितिद्वारा ३२ वटाभन्दा बढी थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिदबिक्री भइरहेको छ।
कार्यक्रममा समितिका अध्यक्ष शाहीले समितिद्वारा सञ्चालित पसलहरुमा क्यूआर कोडसुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर व्यवसायीहरुलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए। बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई ब्यवसाय बिस्तारमा बैंकले सहयोग गर्ने उनले अपेक्षा राखे।
कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरीप्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधैँ प्रतिबद्ध रहेको जानकारी दिए। यसका साथै स्थानीय स्तरका व्यवसायी समितिहरुसँगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको उनले बताए।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारका लागि रणनीतिक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ । यसै क्रममा बैंकले सम्पूर्ण हिन्दु धर्मावलम्वीको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दूरीका बस, खाद्य स्टोर तथा पसल, होटेल तथा रेस्टुरेन्ट, हस्पिटल तथा अन्य महत्वपूर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेकाले सेवाग्राहीले ती स्थानमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्नेछन्।
यसका साथै बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानमा विशेष छुटको व्यवस्थासमेत बैंकले गरेको छ । ग्राहकले बैंकको वेबसाइटमार्फत उक्त छुटबारे जानकारी लिन सक्ने छन्।
हाल बैंकले १०१ शाखा कार्यालय, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago