काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवेदन दिएको हो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। 

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।