काठमाण्डौ । सेयर बजारमा बियरिस ट्रेण्ड छ हिजोआज । हरेक दिनजसो बजार घटिरहेको छ भने कारोबार रकम पनि न्यून विन्दूमा झरेको छ । दोश्रो बजार कारोबार अत्यासलाग्दो गरी सुस्ताइरहेको बेला कतिपय कम्पनीहरुको सेयर आइपीओकै मूल्यमा पाउन थालिएको छ भने कतिपयको मूल्य त अंकित मूल्य भन्दा पनि तल झर्ने अवस्था आएपछि लगानीकर्ता अत्तालिएका छन् ।
हामीले सोमबार कारोबार गरेका कम्पनीको अन्तिम बिक्री मूल्यका आधारमा प्रतिकित्ता १५० र त्यसभन्दा कम भएका कम्पनीको सूचि तयार गरेका छौ । १५० र त्यसभन्दा कम मूल्य कायम हुने कुल कम्पनीको संख्या १३० रहेको छ । जसमध्ये सबैभन्दा बढी विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनी १०, जलविद्युत कम्पनी ६ र वाणिज्य बैंक २ वटा रहेका छन् ।
यी ३० कम्पनीमध्ये जेबिल्स फाइनान्सको अवस्था निकै नाजुक बनेको छ । यो कम्पनीको सेयर मूल्य अंकित दरजतिकै प्रतिकित्ता १०० रुपैयाँ कायम भएको छ । बजारमा बियरिस टेण्ड रहेकोले यो मूल्य अझ घट्ने देखिन्छ, जसको सोझो असर उसले बिक्री खुलाएको हकप्रदमा पर्ने देखिन्छ ।
यो फाइनान्सले असार १० गतेदेखि ४० प्रतिशतको दरले कुल २३ लाख ११ हजार ६ सय ५० कित्ता हकप्रदको बिक्री खुलाएको छ । साउन १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने हकप्रद भर्ने या नभर्ने भन्ने बिषयमा बैंककै सेयरधनी समेत अलमलमा परेका छन् । दोश्रो बजारको भाउ प्रतिकित्ता नै अंकित दर भन्दा तल झरेपछि यो कम्पनीको हकप्रद बिक्री नहुने संभावना प्रवल बनेको छ । यस्तो अवस्थामा यो कम्पनीको हकप्रदमा कुनै पनि आवेदन नपर्नसक्छ वा परिहाले पनि अत्यन्त न्यून मात्र पर्नसक्छ । किनभने आइपीओकै दरमा दोश्रो बजारमा यो कम्पनीको सेयर फालाफाल हुनेपछि सेयरधनीले हकप्रद भरिरहनुपर्ने कुनै आवश्यकता पर्दैन ।
जेबिल्स फाइनान्सपछि कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य समेत १०४ रुपैयाँमा झरेको छ । यस्तै, दिव्यश्वरी हाइडोको प्रतिकित्ता ११०, गोर्खाज फाइनान्सको १०९ मा मूल्य झरिसकेको छ । मेगा बैंकको संस्थापक सेयरको मूल्य समेत प्रतिकित्ता ११० मा झरेको छ । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडको मूल्य समेत ११० मै झरेको छ ।
अन्य कुन कम्पनीको मूल्य कतिमा झर्यो, हेर्नुहोस् यो सूचि:
Company | LTP rs. |
Barun Hydropower Co. Ltd. | 147 |
Bhargav Bikash Bank Ltd. | 130 |
Central Finance Co. Ltd. | 118 |
Chhyangdi Hydropower Ltd. | 145 |
Corporate Development Bank Limited | 104 |
Civil Bank | 151 |
Deva Bikas Bank Limited | 130 |
Dibyashwori Hydropower Ltd. | 110 |
Goodwill Finance Co. Ltd. | 126 |
Guheshowori Merchant Bank & Finance Co. Ltd. | 130 |
Gurkhas Finance Ltd. | 109 |
Hamro Bikas Bank Ltd. | 134 |
Hathway Finance Company Limited | 139 |
Jebils Finance Ltd. | 100 |
Jyoti Bikas Bank Limited | 136 |
Kamana Sewa Bikas Bank Limited | 150 |
Kankai Bikas Bank Ltd. | 122 |
Karnali Development Bank Limited | 117 |
Khanikhola Hydropower Co. Ltd. | 116 |
Lumbini Bikas Bank Ltd. | 145 |
Manjushree Finance Ltd. | 127 |
Mega Bank Nepal Ltd. Promoter Share | 110 |
Nepal Community Development Bank Ltd. | 113 |
Pokhara Finance Ltd. | 132 |
Reliance Finance Ltd. | 122 |
Ridi Hydropower Development Company Ltd. | 122 |
Saptakoshi Development Bank Ltd. | 122 |
Sindhu Bikash Bank Ltd | 126 |
Synergy Power Development Ltd. | 129 |
World Merchant Banking & Finance Ltd. | 110 |
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago