काठमाण्डौ । ११.११. को भव्य सफलता पछि नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, वर्ष को अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ ।

दराजको १२.१२.अभियान यही २६ मंसिरदेखि पुष २ सम्म लागू हुनेछ । यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको भारी छूट, मेगाडिलहरु,क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाईन पेमेन्ट गर्दा थप २०% अथवा रु १,५०० सम्मको छूट पाउनेछन् । 

दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११.मा दराजएप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन गर्तवर्षभन्दा ७५ प्रतिशत बढी भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।