काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ ले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको छ।
यस अफरमार्फत ग्राहकले कार्ड प्रिपेमेन्ट गरेमा १५% रु ५०० सम्मको छुट पाउन सक्नेछन्। यी बैंकहरु दराजका ४ अन्य साझेदार बैंकहरू– सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ। दराज बैंक डेजमार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन्।
माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन्। विवरणहरू तल दिइएका छन्–
यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छुटको मजा लिन सक्नेछन्।
अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डमात्र यस प्रस्तावका लागि योग्य छन्। यसबाहेक कार्ड सक्रिय नभएमा ग्राहकले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन्।
त्यसैगरी इच्छुक ग्राहकले अब माथि उल्लेखित कुनै पनि बैंकको क्रेडिट कार्डका लागि पनि आवेदन दिन सक्ने दराजले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago