काठमाण्डौ । नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम “दराज महोत्सव“ घोषणा गरेको छ।
यो कार्यक्रम भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाण्डौमा आयोजना हुने भएको छ भने कम्पनीका अनुसार दराज महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य सबै दराजका ग्राहकसँग प्रगाढ सम्बन्ध कायम गर्नु हो। दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।
दराज महोत्सवका बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, ‘दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकलाई सधैँ प्राथमिकतामा राख्ने गरेका छौँ र यो महोत्सव पनि अपवाद छैन। दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस् भन्ने हाम्रो सुरुदेखि मनसाय रहेको छ र यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरी विभिन्न गतिविधिहरु समेट्ने प्रयास गरेको छ। धेरैभन्दा धेरै ग्राहकको उपस्थितिको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौँ। यति भन्दैमा हामी आशावादी र उत्साहित छौँ कि तपाइँहरुको उपस्थितिले यो महोत्सवलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ।’
दराज महोत्सव सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारको सांगीतिक प्रस्तुतिका साथ मनोरञ्जनको एक उत्कृष्ट उत्सव रहनेछ। दर्शकले नृत्य ट्रुप्स र द अनएक्सपेक्टेड क्रुको अद्भुत नृत्य प्रस्तुति पनि पाउनेछन्। यतिमात्र नभई दराज महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेलहरु र आकर्षक तथा मनै लोभ्याउने वस्तुहरुको प्रदर्शन पनि गरिनेछ।
दराज महोत्सव दराज एप भएका जोकोहीका लागि निःशुल्क कार्यक्रम हो। आगन्तुकहरुले कार्यक्रममा प्रवेश गर्नका लागि आफ्नो फोनमा एप देखाउन आवश्यक छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19