काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वर्षको सबैभन्दा ठूलो सेल ११.११ सुरु हुन गएको घोषणा गरेको छ। 

यो अभियान आधिकारिक रुपमा कात्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु हुनेछ भने यस वर्षको ११.११ विगतका वर्षहरु भन्दा ठूलो हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ। यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानमा ८०%सम्मको छुट, रु. ११ हजार १११ सम्मको मेगा भाउचर, प्रि–पेमेन्टमा २०% वा अधिकतम रु. ३ हजारसम्म छुट, खेल १ रुपैयाँ र मेगा गिभअवेका रुपमा ११ ६५ इन्चतको मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरुले क्रेडिट कार्ड मार्फत २०% (अधिकतम रु. ३०००) र डेबिट कार्ड मार्फत १५% (अधिकतम रु. २५००) सम्म बचत गर्न पाउनेछन्।

नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकहरुले माथि उल्लिखित छुटहरु प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी आफ्नो आई एम ई पे वालेट मार्फत भुक्तानी गरेमा १५% अधिकतम रु. १,१११ सम्मका अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकका ग्राहकहरुले क्रेडिट कार्ड मार्फत ०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरु जस्तै, ११.११ मा धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ, जहाँ ग्राहकले मात्र रु. १ मा हजारौँ मूल्यका उत्कृष्ट उत्पादनहरु जित्ने मौका पाउँछन्। ग्राहकहरुले केवल १ रुपैयाँमा निम्न पुरस्कारहरु जित्नका लागि भाग लिन सक्छन्– अमेजÞफिट जिटिएस ४ मिनी, रियलमी ९आई ५जी स्मार्टफोन, वेबर माइक्रोवेव, ट्रान्क्विलिटी स्पा शिरोधारा नर्भ रिस्टोरेशन मसाज, २ जनाका लागि हाईग्राउन्ड एडभेन्चर जिप फ्लायरहरु, २ जनाका लागि हाइग्राउन्ड एडभेन्चर स्काई स्क्रिमर, पोखरा प्याकेज वान नाइट टु डे एक जोडीका लागि र टाइटन स्मार्ट वाच. सहभागी हुनका लागि ग्राहकहरुले अनलाइन प्रिपेमेन्टमार्फत रु. १ अग्रिम भुक्तानी (प्रिपे) गर्नुपर्दछ। 

एकपटक अफर समाप्त भएपछि सबै सहभागीलाई रु.१ फिर्ता गरिनेछ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुबाट उत्कृष्ट छुट

दराज दसैँ धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरुबाट विशेष डिल र छुटहरु उपलब्ध हुनेछ भने ग्राहकहरुले आफ्नो मनपर्ने ब्रान्डहरुमा ८०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। अभियानका लागि डायमन्ड पार्टनर्समा बाल्ट्रा, लोट्टो, वाओ, गोल्डस्टार र बेस्मार्क रहेका छन् भने गोल्ड पार्टनरहरुमा मामाअर्थ, जिन्सवेस्ट, रोह्टो, किउएनयिउ र भायानेट रहेका छन्। र अन्त्यमा सिल्भर पार्टनरहरुमा आमय्रा फेसन हाउस, ब्रिल्लारे, नाटुरो अर्थ, सेटाफिल, मी र आस्टाबेरी रहेको कम्पनीले जानकारी दिएको छ।

अभियानका थप हाइलाइटहरुमा एड टु कार्ट, हट पिक्स, ब्रान्ड अफ द डे, फ्री डेलिभरी, रिभ्यु एण्ड विन र नयाँ प्रयोगकर्ता भाउचरहरु समावेश छन्।