काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकलाई मध्यनजर गर्दै ‘पे–डेको झट्का’ घोषणा गरेको छ। 

प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरुको आनन्द लिनका लागि ‘पे–डे’ को सुरुआत गरिएको कम्पनीले जनाएको छ। ‘पे–डेको झट्का’ अभियान ४ दिन असार ७ गतेदेखि १० गतेका लागि सक्रिय रहनेछ र यसको ट्यागलाइन ‘किनमेल पनि बचत पनि’ले दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदामा जोड दिन्छ। 

दराजले किनमेलमात्र नभई बचतमा पनि जोड दिन्छ। तसर्थ मासिक आम्दानी गर्नेहरुका लागि उच्च स्तरीय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। 

‘पे–डेको झट्का’ ग्राहकका लागि एक अवसरका रुपमा अगाडि आएको छ। अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकले निःशुल्क डेलिभरीको सुविधा पाउनेछन्। यसका साथसाथै ग्राहकले रु. ७७७ सम्म भाउचरहरु पनि प्राप्त गर्न सक्नेछन्। 

त्यस्तै दराजले पनि अभियानका क्रममा इसेवामार्फत २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी दराज मलबाट सामान किन्दा मेगा गिव अवेका रुपमा ग्राहकले सामसङ ग्यालेक्सी एम०४ प्राप्त गर्न सक्नेछन्।