काठमाण्डौ । नेपालको अग्रणी अनलाइन शपिंग बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीका लागि कोभिड–१९ खोप दिन आरम्भ गरेको छ।
अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाललगायत ४ अरु दक्षिण एसियाली बजारमा सञ्चालन गरिरहेका छ। वर्तमानमा दराजले नेपालका विभिन्न सहरमा ६०० बढी कर्मचारीलाई रोजगार दिइरहेको छ। तिनीहरूमध्ये आधा मुख्यतया रसद र डेलिभरी सेवामा काम गर्ने फ्रन्टलाइन कर्मचारी छन्।
कम्पनीले गत २ हप्ताको अवधिमा देशभरिको विभिन्न सहरहरुबाट कर्मचारीलाई काठमाण्डौ ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ। यसले गर्दा दराजको कर्मचारीमात्र नभई उनीहरुको समाज र उनको परिवारलाई पनि सुरक्षित राख्न मद्दत गर्नेछ।
कोभिड–१९ को महामारी सुरु भएदेखि ई–कमर्स कम्पनी र उनका सम्बन्धित फ्रन्टलाइन कर्मचारीहरुले ग्राहकलाई आवश्यक पर्ने चीजहरूको सजिलैसँग पहुँच गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ भन्छन्, ‘स्वास्थ्य सेवा विभागको सहयोगमा हामी यो कोभिड–१९ खोप कार्यक्रम सञ्चालन गर्न पाउँदा निकै खुसी छौँ। स्थानीय अधिकारीहरु हरेक दिन फ्रन्टलाइनमा रहेका व्यक्तिहरुलाई रक्षा गर्न एक प्रगतिशील निर्णय लिरहेका छन्, जुन प्रशंसनीय छ। इ–कमर्स कम्पनीहरु नेपालमा मात्र नभई विभिन्न देशहरुमा अर्थव्यवस्थाको निरन्तरताको अभिन्न हिस्सा बनेको छन्। दराजमार्फत करिब १० हजार बिक्रेता सजिलैसँग आफ्नो व्यवसाय सञ्चानल गरी अघि बढिरहेका छन् भने लाखौँ ग्राहक सुरक्षित शपिंग गर्न सक्षम भएका छन्। हाम्रो फ्रन्टलाइन टीमहरू, विशेषगरी हाम्रो वितरण राइडरहरू बिना, यो सम्भव हुन निकै नै गारो हुन्थ्यो होला। तसर्थ, महामारीको सम्भावित दोस्रो छालको बीचमा समाजलाई सुरक्षित राख्नु यो एउटा महत्वपूर्ण कदम हो।’
फ्रन्टलाइन कर्मचारीहरु कम्पनीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरुनै कोभिड–१९ को अधिक जोखिममा हुन्छन। यसैले फ्रन्टलाइन कर्मचारीहरु कोभिड–१९ को खोप प्राप्त गर्ने पहिलो थिए।
हब सुपरभाइजर विशाल श्रेष्ठले भन्छन्, ‘खोप लगाउनु भनेको भाइरसबाट आफूलाई मात्र जोगाउनु नभई आफ्नो परिवार, साथीहरू र सहकर्मीहरूलाई नि जोगाउनु हो। छोटो समयमै काठमाण्डौ उपत्यकाबाहिर सञ्चालन गर्नेहरूका लागि विशेष खोप अभियानको प्रबन्ध र कार्यान्वयन गरेकोमा दराजप्रति मेरो हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’
ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदै छ। नियमित तापक्रम जाँच देखि लिएर, सामाजिक दूरी कायम राखी, दराज आफ्नो सबै कर्मचारीहरुलाई एउटा सुरक्षित काम गर्ने वातावरण प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19