 
                     
                                
                             
                                    काठमाण्डौ । यही मार्च १३ देखि मार्च १७ सम्मको प्रि-अर्डर अवधिको सफलतापछि दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलिभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्।
सामसुङ ग्यालेक्सी एम०४ सामसुङको पछिल्लो स्मार्टफोन हो। जसमा 1TB सम्मको expandable storage रहेको छ।
त्यसैगरी यो स्मार्टफोन MediaTek Helio P35 प्रोसेसरद्वारा परिचालित छ | साथै यसमा ५,००० mAh ब्याट्री र १६.५५ सेमी (६.५ इन्च) HD+ को डिस्प्ले रहेको छ । सामसुङ ग्यालेक्सी एम०४ को अर्को आकर्षक विशेषता भनेको एक यसको RAM विस्तार गर्न सकिन्छ - तोकिएको ४ GB RAM लाई भर्चुअल RAM (RAM Plus) मार्फत ८ GB सम्म बढाउन सकिन्छ।
यस मूल्य दायराभित्र उल्लेखित बिशेषताको स्मार्टफोनहरु बिरलै पाईन्छ र क्षमताको हिसाबमा हेर्ने हो भने पनि किफायती मुल्यमा खरिद गर्न चाहनेहरुको लागि यो स्मार्टफोन उत्तम छ ।
सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ GB र ४/१२८ GB मा प्राप्त गर्न सकिन्छ र यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा तपाईंहरुले यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सक्नुहुनेछ। सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरू; सी ग्लास ग्रीन र शैडो ब्लूमा आउँछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19