काठमाण्डौ । दराज नेपालले २०२३ का लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ। 

यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ। दराजले अनलाइन सपिङमा अफरहरुका साथ झन्झटरहित  सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवा प्रदान गर्दछ।

उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई–सेवा, आइएमई पे र अन्य बैंकमार्फत प्रि–पेमेन्ट्को पनि व्यवस्था गरेको छ। जसमा ग्राहकले १०% छुट अधिकतम रु. १ हजार र १५% छुट अधिकतम रु. १ हजार ५०० प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी यस अभियानको गिभअवे प्राइजमा Panasonic 270 L Inverter Frost–Free Double–Door Refrigerator, Panasonic 55 Inch 4K HDR Smart Android LED TV, Panasonic 8kg Front Load Washing Machine समावेश छ। मेगा गिवअवे पुरस्कार जित्नका लागि ग्राहकले न्यूनतम रु. ३ हजार ५०० को प्रि–पेमेन्ट गर्नुपर्ने हुन्छ।

महाबचत बजारका बारेमा बोल्दै दराजकी मार्केटिङ हेड विधा प्रधानले भनिन्, ‘यस महाबचत अभियानमा ग्राहकले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिई बचत गर्न सक्नेछन्। त्यसैले दराज एपमा गई सपिङको मज्जा लिन हामी ग्राहकमा अनुरोध गर्दछौँ।’ 

दराजले महाबचत बजार अभियानमा आफ्ना ग्राहकलाई अधिकतम छुट उपलब्ध गराउन विभिन्न बैंकसँग साझेदारी गरेको छ। ती बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक र कामना सेवा विकास बैंक छन्।

दराज अभियानको बेला होस् या अरु कुनै दिन दराजले सधैँ आफ्ना ग्राहकलाई उचित अफर र डिस्काउन्ट दिनका लागि आकर्षक ब्रान्ड अफरहरु लिएर आउने गर्दछ। 

त्यस्तै दराजले महाबचत बजार अभियानलाई निरन्तरता दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग साझेदारी गरेको छ। जसमा यस अवधिभर उनीहरुले अधिकतम छुट पाउन सक्नेछन्। 

ग्राहकहरुले अब Cetaphil मा फ्ल्याट १५% छुट, Mamaearth मा १५% सम्म छुट, Hyundai मा ३७% सम्म छुट, Konka मा ३०% सम्म छुट, OnePlus बाट फ्री डेलिभरी र Exclusive भाउचरहरु, Muscleblaze मा ४०% सम्म छुट र Goldstar Footwear मा ४०% छुट प्राप्त गर्न सक्नेछन्।
दराज नेपालको अग्रणी अनलाइन मार्केटप्लेस हो। जसले इलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टको अनलाइन व्यापार गर्दछ। १८ हजारभन्दा बढी बिक्रेताको विस्तृत नेटवर्क, १.५  मिलियन सक्रिय एप प्रयोगकर्ता र देशभरका १०८ सहरको प्रभावशाली कभरेजका साथ दराजले ई–कमर्स परिदृश्यलाई द्रुत रुपमा परिवर्तन गरेको छ।