काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ। 

यो नयाँ सुविधामार्फत ग्राहकले दराज एपमार्फत विशेष लाभहरु प्राप्त गर्न सक्नेछन् भने ग्राहकले दराज एपमा प्रत्येक खरिददारीपछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ।  

दराज क्लबको सदस्य बनेर ग्राहकले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भौचरहरुलगायतका अन्य फाइदा प्राप्त गर्नेछन् भने यी सुविधामार्फत ग्राहकले आफ्ना अर्डरहरुमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाइ छ। 

दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ। नयाँ सुविधा प्राप्त गर्नका लागि ग्राहकलाई आफ्नो दराज एप अपडेट गर्न कम्पनीले आग्रह गरेको छ। 

क्लबमा सामेल हुनका लागि ग्राहकले आउँदो डिसेम्बर ३१ सम्म कम्तीमा २ हजार ५०० जेम्स संकलन गर्नुपर्नेछ। जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ। 

डिसेम्बर ३१ पछि क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३ हजार ५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरुले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरु प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।