काठमाण्डौ । धितोपत्र बोर्डले अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा गठित उच्चस्तरीय सरकारी कार्यदलले पूँजी तथा मुद्रा बजार सुधारका लागि तत्काल गर्नुपर्ने भनी दिएको ५८ बुँदामध्ये आफ्नो क्षेत्राधिकारका अधिकांश काम भएका र केही काम हुने क्रममा रहेका दाबी गरेको छ । 
 
सेयर लगानीकर्ता दवाब समूहले विभिन्न ३२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको बेला र आन्दोलनबाट सरकारले चैत १५ र १६ गते आयोजना गर्ने लगानी सम्मेलन प्रभावित हुनसक्ने देखेर बोर्डले बजार सुधारका लागि भएका र हुने क्रममा रहेका कामहरुको सूचिसहित आफ्नो प्रष्टीकरण दिएको हो ।
 
धितोपत्र बोर्डको यो विज्ञप्तिमा सेयर लगानीकर्ता दवाब समूहले पछिल्लो समय उठाउका ३२ वटा बुँदाको विषयमा एउटा शब्द पनि आएको छैन ।
 
बोर्डले लगानीकर्ताका ३२ बुँदे मागको एउटा शब्द समेत नखर्ची सुझाव कार्यदलले प्रतिवेदनमा समेटेका सुझावहरुको विषयमा मात्र आफ्नो प्रष्टीकरण दिएको हो । 
 
बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले एक विज्ञप्ति जारी गरी बोर्डसँग सम्बन्धित केही विषय सम्बोधन भइसकेका र अन्य विषय सम्बोधन गर्न बोर्ड प्रतिबद्ध रहेको दाबी गरेका छन् । 
 
कार्यदलको सुझावप्रतिवेदनअनुसार बोर्डसँग सम्बन्धित २८ बुँदामध्ये केही तत्काल गर्नुपर्ने, केही २०७५ चैत्र मसान्त तथा २०७६ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने गरी कार्ययोजना तोकिएकोमा तत्काल गर्नुपर्ने १२ वटा कार्यहरुमध्ये  अधिकांश सम्पन्न भइसकेका दाबी गरिएको छ । 
 
अन्य काम पनि अगाडि बढाइसकिएको बोर्डको भनाई छ । 
 
कार्यदल समेटेको ५८ मध्ये आफ्नो क्षेत्राधिकारमा पर्ने २८ बुँदे काममा बोर्डले पेश गरेको प्रगति विवरण यसप्रकार छ:
(क)तत्काल गर्नुपर्ने कार्यहरु र प्रगति
बोर्डले तत्काल गर्नुपर्ने कार्यहरुमा तल उल्लेखित कार्यहरु सम्पन्न गरिसकिएको छ ।
  • उक्त सुझाव प्रतिवेदनको बुंदा ३० सँग सम्बन्धितः न्यूनतम ग्रेड भन्दा कम्तीमा एक स्तर माथिको रेटिङ्ग प्राप्त गरेका संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गरी कार्यान्वयन गरिएको,
  • बुंदा ३७ सँग सम्बन्धितः बजारमा सर्वसाधारण लगानीकर्ताहरुको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन जारी रकमको कम्तीमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई विक्रीवितरण गर्नका लागि छुट्टयाउनुपर्ने व्यवस्था गरिएको, 
  • बुंदा ४५ सँग सम्बन्धितः नेटवर्थभन्दा बढी नहुने गरी एफपीओ जारी गर्न पाउने तथा नेटवर्थभन्दा दुई गुणा बढी नहुने गरी आइपिओ जारी गर्न पाउने व्यवस्था गरिएको,
  •  बुंदा २४ सँग सम्बन्धितःशेयर दलालमार्फत मार्जिन कारोवार सम्बन्धमा बोर्डको निर्देशनमा नेप्सेले मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५ लागू गरिसकेको र सोहीबमोजिम नेप्सेबाट आवश्यक प्रक्रिया अगाडि बढाई कार्यान्वयनको चरणमा रहेको,
  •  बुंदा ३४सँग सम्बन्धितः नेप्सेले संचालनमा ल्याएको स्वचालित कारोवार प्रणालीलाई एनसिएचएलको प्रणालीमा आवद्ध गरिएको । साथै स्वचालित कारोवार प्रणालीमा भएकाकमिकमजोरीहरुलाई अध्ययनगर्न बोर्डबाट गठित समितिबाट प्राप्तप्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालयमा पठाइएको,
  • बुंदा ४३ सँग सम्बन्धितःबजार निर्माताको कार्यका लागि नागरिक लगानीकोषलाई संस्थागत व्यवस्था गर्न सम्वन्वय भइरहेको
  •  बुंदा ४७ सँग सम्बन्धितः खुलामुखी सामूहिक लगानीकोष संचालन गर्न गरिएको व्यवस्थान गरी कार्यान्वयनको चरणमा रहेको,
यसैगरी देहायका कार्यहरु नेप्सेबाट हुनुपर्ने देखिएकोमा शीघ्र कार्य अगाडि बढाउन निर्देशन दिइएको र सोको निरन्तर रुपमा फलोअप भइरहेको छ: 
  • बुंदा २२ सँग सम्बन्धितः बाणिज्य बैकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिदबिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स सम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाई बोर्डमा सिफारिश गर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिइएको,
  • बुंदा २४ सँग सम्बन्धितः ओटिसी बजारलाई गतिशील बनाउन २०७५ चैत्र मसान्तसम्ममा प्रविधिमैत्री बनाई स्वचालित प्रणाली अपनाउन नेप्सेलाई निर्देशन दिइएको,
  • बुंदा २९सँग सम्बन्धितः अन्तर्राष्टिय अभ्यास अनुरुप नेप्से सूचकांकमा लाग्ने सर्किट ब्रेकलाई समसामयिक बनाउन मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिएकोमा नेप्सेबाट अध्ययन भई पेश गरिएकोमा कार्यान्वयनकोे क्रममा रहेको,
  • बुंदा ३२ सँग सम्बन्धितः लगानीकर्ताहरुको हित संरक्षणको लागि लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिइएको,
  • साथै बुंदा ३१सिडिएसीसँग सम्बन्धित रहेको धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताका लागि सेटलमेण्ट ग्यारेण्टी फण्डको स्थापनाका लागि मिति २०७५ पुष १८ मा सिडिएसिलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप  भइरहेको ।
(ख)२०७५, चैत्रमसान्तसम्म गर्नुपर्ने कार्यहरु र प्रगति
  • बुंदा २१ सँग सम्बन्धितःधितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्रव्यवसायी (धितोपत्रदलाल, धितोपत्रव्यापारी तथाबजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने कार्य अन्तिम चरणमा रहेको, 
  • बुंदा २७ सँग सम्बन्धितः भित्री कारोबार बन्देज नियमावलीको मस्यौदा भई स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाउने क्रममा रहेको,
  • बुंदा ३५सँग सम्बन्धितः बास्तविक क्षेत्रका संगठित संस्थाहरुको संस्थापक शेयरको लकइन पिरियडलाई अन्य वित्तीय क्षेत्रको नियमन निकायले गरेको व्यवस्थासँग सामञ्जस्यता ल्याउन अध्ययन भइरहेको,
  • बुंदा ४२सँग सम्बन्धितः धितोपत्रबारे सर्वसाधारणमा वित्तीय साक्षरता सम्बन्धी कार्यहरु भइरहेको ।
  • यसैगरी, देहायका कार्य नेप्सेबाट हुनुपर्ने देखिएकोमा शीघ्र कार्य अगाडि बढाउन निर्देशन दिइएको र सोको निरन्तर रुपमा फलोअप भइरहेको छ । 
  • बुंदा ५३ सँग सम्बन्धितः कर्मचारी संचयकोष, नागरिक लगानीकोष, सामजिक सुरक्षाकोष तथा धितोपत्र व्यवसायीहरुलाई बजाररनिर्माता व्यापारीको रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी सिफारिश गर्न २०७५ पुष १८ मा नेप्सेलाई निर्देशन दिइएको,
(ग) २०७६, असार मसान्तसम्म गर्नुपर्ने कार्यहरु र प्रगति
  • बुंदा ४८, बुंदा ५९ र बुंदा ५१ सँग सम्बन्धितः गैरआवासिय नेपालीको बैंकहरुको  डिवेञ्चरमा लगानी, लगानी फिर्ता तथा बैंकहरुबाट ऋणपत्र जारी गरी वित्तीय श्रोत जुटाउने सम्बन्धमा समन्वयात्मक रुपमा सम्बन्धित निकायहरुसँग छलफलको क्रममा रहेको,
  • बुंदा ५४ सँग सम्बन्धितः शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेञ्ज लिमीटेडको अनलाईन कारोवार प्रणाली पूर्ण रुपमा आवद्ध भएपश्चात हाल कायम रहेको टी प्लस थ्री राफसाफ चक्रलाई टीप्लस वानमा ल्याउन सिडिएसीलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप भइरहेको
  • त्यसैगरीे निरन्तर समयसीमा तोकिएको बुंदा ५४ सँग सम्बन्धितःप्राइभेट इक्वीटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानीकोष प्रोत्साहन गर्न विशिष्टिकृत लगानीकोष नियमावली, २०७५ यही मिति २०७५ फागुन २२ गते देखि लागू गरिएको।
धितोपत्र बोर्डले सम्बोधन गर्न नचाहेको भनिएको लगानीकर्ताहरुको दवाब समूहले पछिल्लो समय उठाएका ३२ बुँदे मागमा के के छन् ? यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।