काठमाण्डौ । बजार सुधारका २५ बुुँदे मागहरु राखी आमरण अनसन सुुरु गर्ने घोषणा गरेको सेयर लगानीकर्ता दबाब समूूहलाई नेपाल पूूँजीबजार संघको पनि समर्थन पाएको छ ।

दबाब समूूहको आमरण अनसनसहितको आन्दोलनमा सबै संघसंगठनले प्रतिबद्धता जनाइरहँदा संरक्षणा चौधरी अध्यक्ष रहेको नेपाल पूूँजीबजार संघले पनि समर्थन  दिएको हो । 

पूँजीबजारको विकास एवम् विस्तारका लागि उठाइएका आवाजहरुमा नेपाल पूंजीबजार  संघले समर्थन गर्ने ऐक्यबद्धता जनाइएको संघकी अध्यक्ष संरक्षणा चौधरीले बताएकी छिन् । पूूँजीबजार क्षेत्र भनेको चलायमान क्षेत्र हो । 

तर विषम परिस्थितिलाई हेर्दा केही समय पूूँजीबजार बन्द भएता पनि लामो समयसम्म यसरी बन्द हुनु कतिको उचित छ भन्ने कुराले आफैमा एउटा प्रश्न उब्जाएको छ ।’ पूँजीबजारमा सुधार गर्नुपर्ने कामहरु धेरै छन्, जसलाई नियमनकारी निकायहरुले नजरअन्दाज गरेको हँुदा हुन लागेको सुधार र मागका आधारमा आन्दोलनमा संघले सकारात्मक धारणा राखेको चौधरीले बताइन् । 

बजारमा पटक–पटक सुधारका लागि कार्य गरेको भनेर नियामक निकायले बजाएको बेमौसमी बाजाले लगानीकर्तालाई थप चिन्तित बनाएको हुँदा बजारको सुधारका लागि अबको अस्त्र आन्दोलन नै भएको चौधरीको ठहर छ ।      

आन्दोलनभन्दा पनि पटक–पटक लगानीकर्ताहरुले राखेका मागहरु पूरा नगरी लगानीकर्ताहरुलाई भ्रममा राख्ने, पूँजीबजार सुधार गर्नुको साटो उल्टै लगानीकर्तालाइ दुुुःख दिने कार्य भएको हुँदा नैतिकताको आधारमा भए पनि आन्दोलनलाई जायज मानेको चौधरी दाबी गर्छिन् ।

‘पूूँजीबजारमा सुधारका विषयमा पटक पटक विभिन्न संघहरुलाई बोलाएर वार्ता गराएर संघलाई मात्र नभई  लगानीकर्ताहरुलाई समेत झूूटो आश्वासन दिँदै आएको हुँदा अब आन्दोलन पछिको परिणाम हेर्नै पर्ने हुन्छ।’उनले बिजशालासँग भनिन्–“लातो के भूत बातो से नहीँ मान्ते’ भने झै पहिले नियमनकारी निकायले वार्तामा बोलाएर नतिजा देखाउँथे भने अब लगानीकर्ताहरुले नतिजा देखाएर बल्ल वार्तामा आउने चेतावनी दिइन् ।