काठमाण्डौ । आफ्ना मागको बिषयमा अर्थमन्त्रालय र अन्य सम्बद्ध निकाय गैरजिम्मेवार भएका दाबी गर्दै सेयर लगानीकर्ताहरुको दवाब समूहले भोलि(पुस २ गते)देखि स्वःस्फूर्त बजार बन्द कार्यक्रमको आह्वान गरेको छ ।
यो समूह गत आइतबारदेखि अर्थमन्त्रीको राजीनामाको मुख्य मागसहित १४ बुँदे माग लिएर रिले अनसनमा बसेको थियो । यो समूहलाई शुक्रबार अर्थमन्त्रालयले वार्तामा बोलाएको थियो, तर शनिवार वार्तामा बोलाई नेपाल राष्टबैंकको मूल गेटबाटै छिर्न नदिएपछि आफूहरुमाथि षड्यन्त्र भएको दाबी गर्दै यो समूहले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार भोलि(पुस २ गतेदेखि) लगानीकर्ताले आमरण अनसन सुरु गर्नेछन् ।
आमरण अनसनसँगै यो समूहले भोलिदेखि बजारमा कारोबार नगरिदिन र आन्दोलनमा सहयोग गरिदिन भन्दै लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।
कारोबार स्वःस्फूर्त बन्द सम्बन्धमा एक पत्र नेपाल स्टक एक्सचेञ्जलाई समेत यो समूहले लेखेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19