काठमाण्डौ । अब डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुुुने भएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले अब दशैंअघि नै लगानीकर्ताहरुले डिम्याट खाता पनि डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत रिन्यूू गर्ने व्यवस्था सुरु हुन लागेको सीडीएससीका प्रवक्ता सुुरेश न्यौपानेको भनाइ छ । 

‘हामीले सीडीएससीबाट प्राप्त सुुविधाहरु लगानीकर्ताले घरबाटै सेवा लिन सक्नुुहोस् भनेर डिजिटल प्लेटफर्म खुुला गर्दै जाने रणनीति हो’, न्यौपानेले बिजशालासँग भने। 

गत साउन १ गतेदेखि ‘मेरो सेयर’ सुुविधा डिजिटल भुुक्तानी प्रदायक कम्पनी ई–सेवासँग सहकार्य गर्दै हाल मेरो सेयरको अटोमेटिक रिन्यूको व्यवस्था छ ।

आम मानिसको पहुुँच ई–सेवामा रहेकाले सुुरुआतमा यसैबाट गरिएको र यसलगत्तै एनसीएचएलको कनेक्ट आईपीएस, खल्तीलगायतका अन्य डिजिटल पेमेन्ट गेटवेमार्फत सेवा दिइने अन्तिम चरणमा रहेको न्यौपानेले जानकारी दिए । मेरो सेयरजस्तै डिम्याट खाताको रिन्यू पनि डिजिटल भुक्तानीका माध्यमबाट तिर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

यसअघि नै ‘मेरो सेयर’ को वार्षिक नवीकरण शुुल्क ५० रुपैयाँ ई–सेवामार्फत आफ्नो डीपीलाई सहजै भुुक्तानी गर्ने व्यवस्था भएकोमा डिम्याट खाताको वार्षिक नवीकरण शुुल्क १०० रुपैयाँ पनि घरबाटै डिजिटल भुुक्तानी प्लेटफर्मबाटै नवीकरण गर्न सकिनेछ।

हितग्राहीले धितोपत्र निक्षेप गर्न नेपाल धितोपत्र बोर्डबाट अनुुमतिप्राप्त निक्षेप सदस्य बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनीसँग खोलिएको विद्युुतीय खाता नै डिम्याट वा हितग्राही खाता हो। जसमा निक्षेप सदस्यमार्फत सम्पूूर्ण विवरण प्रविष्टि गरेपछि प्रणालीबाट उत्पन्न हुने १६ अंकको पृथक डिम्याट नम्बर उपलब्ध हुुन्छ।