काठमाण्डौ । सर्वसाधारणको सहज आवागमनका लागि नेपाली सेनाले दशैंको टिकाको दिन उपत्यकाका विभिन्न रुटमा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै दशैंको दिन सार्वजनकि यातायातका साधन कम संचालन हुने भएकोले सर्वसाधारणहरुको असुविधालाई ध्यानमा राख्दै विभिन्न ८ रुटमा निःशुल्क बस सेवा संचालन गर्न लागिएको जनाएको हो । उसका अनुसार बिहान ०६ः ३० बजे, ११ः०० बजे र साँझ ४ बजे भद्रकालीबाट ३० सिट क्षमताको एक एक वटा बस सञ्चालन हुनेछन् ।
दशैंको विदामा घर जाने सैनिक र उनीहरुका आश्रित परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ । काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, सिन्धुली, चौतारा, हेटौंडा, नारायणगढ, सिरहा-राजविराज, कोहलपुर-सुर्खेत र त्रिशुलीसम्म सेनाका बस चलिरहेका छन् । प्रतिपरिवार पाँच जनासम्मका लागि सेनाले आवतजावतको सुविधा दिएको छ ।
यस्तो छ टिकाको दिन काठमाण्डौमा संचालन हुने निःशुल्क बसको रुट:
(क) रुट नं. १- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
(ख) रुट नं. २- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।
(ग) रुट नं. ३- भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।
(घ) रुट नं. ४- भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
(ङ) रुट नं. ५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।
(च) रुट नं. ६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।
(छ) रुट नं. ७- भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।
(ज) रुट नं. ८- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19