गोरखा। जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्यरुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिनुभयो । यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्थामा गत साता एक हजारका तीन नक्कली नोट फेला परेपछि प्रजिअ भट्टराईले सतर्कता अपनाउन निर्देशन दिनुभएको हो ।
“गोरखा र लमजुङमा भेटिएको नक्कली नोेटको नम्बर एउटै भएको जानकारीमा आएको छ,” प्रजिअ भट्टराईले भन्नुभयो । सूचना लुकाएर राख्दा आपराधिक गतिविधि बढ्न सक्ने भएकाले समयमै खबर गर्न उहाँले बैंकलाई निर्देशन दिनुभएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago