काठमाण्डौ । लगानीकर्तामा आशाको सञ्चार गराउँदै दशैंअघिको सेयर बजार बन्द भएको छ ।
दशैंविदा सुरु हुनुअघिको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक(नेप्से)८.६९ अंकले बढेर ११४९.४० को विन्दूमा फर्किएको हो । नेप्से परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने यो दिन १७ करोड ४६ लाखमा सीमित बन्न पुगेको छ ।
यो दिन बित्त समूहको परिसूचक ३.२८ अंकले घटे पनि बाँकी सबै समूहको परिसूचक बढेका छन् ।
बैंकिङ समूह ६.१५ अंकले बढेको यो दिन विकास बैंक समूहमा १३.०४ अंक, होटल समूहमा २२.४६ अंक, जलविद्युत समूह ७.६८ अंक, निर्जीवन बिमा समूहले ३९.८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८३.१५ अंक, माइक्रोफाइनान्स समूहमा १४.२४ अंक, जीवन बिमा समूहमा ४९.५१ अंक र अन्य समूहमा १.२९ अंकको बढोत्तरी भयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५३ कम्पनीका ६ लाख ४७ हजार ५६२ कित्ता सेयर १७ करोड ६६ लाख ३३ हजार ५१४ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन सोल्टी होटल लिमीटेडले सबैभन्दा बढी ३ करोड १३ लाख बढीको कारोबार गरेको छ ।
सिद्धार्थ बैंकले १ करोड ५५ लाख, शिवम सिमेन्टले ९२ लाख, प्रभू बैंकले ७९ लाख, स्वाबलम्बन लघुवित्तले ४७ लाख, एभरेष्ट बैंकले ४६ लाख, स्ट्याण्डर्ड चार्टर्डले ४४ लाख, नेशनल लाइफले ४३ लाख, एनसीसी बैंकले ४१ लाख र नवील बैंकले ४० लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । कम्पनीको सेयर मूल्य प्रतिकित्तामै १८३५ रुपैयाँले बढेर २० हजार १८५ रुपैयाँको उचाईमा पुग्यो ।
यूनाइटेड फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । कम्पनीको सेयर मूल्य ९.३१ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19