काठमाण्डौ । सरकारले गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ दसैँअघि नै भुक्तानी गर्ने भएको छ। 

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ। 

उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।