File photo of goat market of Kathmandu
- धर्म मलासी
काठमाण्डौ । नेपालीको महान् चाड दसैँका लागि तीन हजार खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्रिने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि उक्त परिमाणमा खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्र्याउने भएको छ । सम्भवतः असोजको पहिलो साताबाट खसी, बोक र च्याङ्ग्रा भित्र्याउने क्रम सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले १ हजारवटा खसी र बोका तथा २ हजारवटाभन्दा बढी च्याङ्ग्रा दसैँका लागि काठमाण्डौ भित्र्याउने तयारी गरिरहेको हो । खसी र बोका हेटौँडा र दाङबाट भित्र्याउने र च्याङग्रा हिमालपारिको जिल्ला मुस्ताङबाट भित्र्याउने तयारी भइरहेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
यसैगरी कम्पनीले आजबाट सुरु गरेको सहुलियतको पसलमा बिक्रीवितरण हुने विभिन्न खाद्य सामग्रीमा विभिन्न छुटको व्यवस्था पनि गरेको छ । कम्पनीका सहुलियत पसलबाट बिक्री हुने बासमती चामल, मासु, सिमी र फापरजस्ता गेडागुडीमा प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै जिरा, सोना र मोटा चामलमा ५ रुपैयाँप्रति केजी छुट दिने घोषणा कम्पनीले गरेको छ । नुनमा प्रतिकेजी २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुटको व्यवस्था छ ।
यसैगरी डीडीसीका घ्यूमा प्रतिकेसी ५० र पनिरमा १० रुपैयाँ छुट हुने बताइएको छ ।
कम्पनीले चलाउने सहुलियत पसलहरुमा अन्य संस्थाका सामग्री पनि बिक्रीवितरणका लागि राखिने विषयमा छलफल र गृहकार्य भइरहेको सुवेदीले जानकारी दिइन्।
कम्पनीले उपत्यकाका तीन जिल्लामा ५ वटा र उपत्यका बाहिर १८ वटा गरी २३ वटा सहुलियत पसल सञ्चालन गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago