काठमाण्डौ । कोरोनाकालबीच यसपालिको दसैँको मुखमा एनएमबी म्युचुअल फन्डका दुईवटा योजनाका इकाइधनीहरुलाई निकै राहात हुने भएको छ।

एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबी हाइब्रिड फन्ड एल–१ र एनएमबी फिफ्टीका इकाइधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरिएको नगद प्रतिफल दसैँअघि नै खातामा पठाइने भएपछि राहात हुने भएको हो। योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार आज (असोज २८ गते) बाट एनएमबी हाइब्रिड फन्ड एल–१ का इकाइधनीहरुको खातामा नगद प्रतिफल जम्मा गर्न सुरु गरिनेछ। यो योजनाका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि करसहित ८ प्रतिशत नगद प्रतिफल वितरण गरिने भनिएको छ। 

यसैगरी एनएमबी फिफ्टीका इकाइधनीहरुको खातामा भने भोलिबाट नगद प्रतिफल जम्मा गर्न सुरु गरिने क्यापिटलले जनाएको छ। गत आर्थिक वर्षका लागि यो योजनाका इकाइधनीहरुलाई करसहित ५ प्रतिशतका दरले नगद प्रतिफल वितरण गरिने घोषणा गरिएको छ।

नगद प्रतिफल प्राप्त गर्न आफ्ना बैंक खाता अद्यावधि गर्न पनि क्यापिटलले इकाइधनीहरुलाई आग्रह गरेको छ।