काठमाण्डौ। दसैँका लागि आज आइतबारबाट सार्वजनिक गाडीको टिकट बुकिङ खुला गरिएको छ।
टिक बुकिङसँगै नयाँ बसपार्कमा नागरिक सहायता कक्ष पनि सुरु भएको छ। नागरिक सहायता कक्ष टिकट बुकिङ स्थलहरुमा राखिने र त्यहाँ सादा पोसाकमा प्रहरी पनि परिचालन गरिने यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले दसैँका लागि बसको समस्या नहुने जनाएको छ। केही नयाँ बसहरु पनि थपिएको महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘पर्याप्त बसहरु छन्, टिकटको कालोबजारी हुन पाउँदैन, यात्रु पनि सचेत हुन आवश्यक छ’, उनले भने।
टिकट बुकिङ नयाँ बसपार्कसँगै गौशाला, चाबहिल, कोटेश्वर, बल्खु, नागढुंगा, कलंकीलगायतका ठाउँमा रहने विभागले जनाएको छ। यी स्थानमा रहेका टिक बुकिङ काउन्टमा यात्रुलाई केही असज भए सीधै नागरिक सहायता डेस्कमा उजुरी गर्न सक्ने महानिर्देशक हमालले बताए।
विभागका अनुसार व्यवसायीले भाडा बढाएर लिन पाउने छैनन्। अहिले जति भाडादर त त्यही दरमा यात्रुले गन्तव्यसम्म पुग्न पाउने महानिर्देशक हमालले स्पष्ट पारे।
टिकट बुकिङ बिहान ७ बजदेखि साँझ ६ बजेसम्म खुला रहने विभागले जनाएको छ । करिब २० लाख यात्रु दसैँका लागि राजधानीबाट बाहिरिने यातायात व्यवसायीहरु बताउँछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19