– रेखा चन्द
काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो दसैँतिहारलाई लक्षित गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै असोज १ गतेदेखि सुुपथ मूूल्यका पसल सञ्चालनमा ल्याउने भएको छ।
देशभरका ४३ स्थानमा सुुपथ पसल सञ्चालनमा ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुुुवेदी न्यौपानेले बताएकी हुुन्। ‘यो वर्षको दसैँतिहारका लागि साउन १ गतेदेखि सुुपथ मूूल्यका पसल सञ्चालनमा ल्याउने तयारीमा छौँ’, उनले भनिन्, ‘देशभरका ४३ स्थानबाट सेवा दिने छौँ।’
उपत्यकाभित्र ४ स्थान अर्थात थापाथली, नख्खुु, भक्तपुुर र रामशाहपथमा सुुपथका पसल खुुल्दा उपत्यकाबाहिरका ३९ स्थानमा खुुल्ने न्यौपानेले बताइन्।
पछिल्लो समय कम्पनीले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सामान खरिद गर्दा ग्राहकले मोबाइल बैंकिङका साथै ई–सेवा, खल्तीजस्ता वालेटका माध्यमबाट भुुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। कम्पनीले देशभरका शाखाबाट पनि डिजिटल भुुक्तानीलाई जोड दिएकोे र क्रमिक रुपमा डिजिटल भुुक्तानी गर्ने ग्राहकको संख्या बढिरहेको न्यौपानको भनाइ छ।
कोभिड महामारीपछि नेपाल राष्ट्र बैंकले पनि डिजिटल भुुक्तानीमा जोड दिँदै आएको छ।
सूूचना अधिकारी न्यौपानका अनुुसार खसी–बोका र च्यांग्रामा यस वर्ष पनि प्रतिकेजी १० रुपैयाँसम्म छुुटको व्यवस्था गरिएको छ भने अन्य सामानमा ७ रुपैयाँसम्म छुट रहेको छ। ‘छुुटको कुरा गर्दा अहिले खसी–बोका र च्यांग्राममा प्रतिकेजी १० रुपैयाँसम्म र अन्य सामानमा ७ रुपैयाँसम्म छुुट कम्पनीले दिइनेछ’, उनले भनिन्।
अनलाइन डेलिभरीलाई पनि कम्पनीले बढाउँदै लगेको छ। जसबाट ग्राहकलाई नगद पैसा बोकेर कम्पनीले राखेका स्टलहरुसम्म आउनुुपर्ने बाध्यता हुुँदैन।
डिजिटल भुुक्तानीको सुरुआत गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुुर्खेतका प्रमुुख माधव मिश्र बताउँछन्। ‘अहिले यहाँ पनि डिजिटल भुुक्तानीको सुुरु गरेका छौँ’, उनले भने, ‘केहीले नगद दिनुहुन्छ, केहीले अनलाइनबाट भुुुक्तानी गर्नुुुहुन्छ।’
मिश्रका अनुुसार सुर्खेतमा पनि खाद्य व्यवस्थाले डिजिटल भुक्तानीको सुुविधा दिइरहेको छ।
यस्तै कम्पनीले हरेक वर्ष चाडपर्वलाई लक्षित गरी चामल, दाल, चिउरा, नुन, तेल, आँटा, गेडागुडी, चिनीलगायतका समान बिक्री गर्दै आएको छ भने खसी, बोका, च्यांग्रा पनि सुपथ मूूल्यमा सर्वसाधारणलाई बिक्री गर्छ। यसपालि दसैँका लागि कम्पनीले ६ करोड ४० लाख रुपैयाँबराबरको खसी, बोका र च्याङ्ग्रा किन्ने निर्णय गरेको छ। कम्पनीले २ हजार खसी–बोका र १ हजार च्यांग्रा खरिद गर्ने तयारी गरेको हो।
खसी–बोका र च्यांग्राको बिक्रीवितरण भने घटस्थापनापछि सुरु गरिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago