– रेखा चन्द
काठमाण्डौ । विजयादशमी नेपालीहरुको महान चाड हो। त्यसैले यतिबेला अन्य समयभन्दा बढी बिदा हुने गर्दछ। बिदा बढी हुने भएकोले मानिसहरुले दसैँ मनाउनुका साथै घुुम्न जाने तथा साथीभाइ र आफन्तजनसँग भेटघाटलगायत गर्ने गर्दछन्।
यतिबेला सबै क्षेत्रमा कार्यरत मानिसहरु दसैँ मनाउन गाउँघरसम्म पुुगेका छन्। बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरु पनि आफूभन्दा ठूलाको हातबाट दसैँको टीका ग्रहण गर्न आ–आफ्नो क्षेत्रमा पुुगेका छन्।
यस्तै उद्योगी–व्यवसायीहरु पनि यस वर्षको दसैँमा विभिन्न योजना बनाएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल काठमाण्डौमै दसैँ मनाउने तयारीमा छन्। नवरात्रीभर शक्तिपीठहरुको दर्शन गर्ने, पूजाआजा गर्ने र घरपरिवारसँग बसेर दसैँ मनाउने योजना रहेको उनले सुनाए।
अन्य समयमा कामको सिलसिलामा दौडधुप हुने र दसैँमा समय हुने हुनाले घरपरिवार, नातागोता र साथीभाइ भेटघाट हुँदा रमाइलो हुने मल्लको भनाइ छ। ‘विशेषगरी म नवरात्रीभरी शक्तिपीठहरुमा गएर दर्शन गर्ने गर्दछुु। घरपरिवारसँग बसेर दसैँ मनाउन चलन छ’, उनले भने।
अध्यक्ष मल्ल बालापनमा दसैँ आएपछि नयाँ लुुगा लगाउन र मिठो खाना खान पाइने हुँदा छट्टै खालको रमाइलो लाग्ने गरेको सम्झन्छन्। ‘तर, अहिले जिम्मेवारी र उमेर बढ्दै जाँदा त्यो रमाइलो कम हुँदै गएको छ’, उनी भन्छन्।
अहिले दसैँमा नयाँ लुुगा लगाउने प्रचलन घटेर गएको पनि उनको भनाइ छ। ‘बालापनमा अर्कै खालको रमाइलो हुन्थ्यो। पहिलाजस्तो दसैँमा नयाँ लुुगा लगाउने चलन घट्दै गयो। त्यस्तो खालको रमाइलो पनि हुँदैन तर खानाका परिकार भने बेसी नै हुुन्छ।’
नेवारी समुुदायमा अझ बढी गेडागुुडी र चिउरा चल्ने मल्ल बताउँछन्। माशांहारी भए पनि उनी भोग दिने तथा हत्या भने गर्दैनन्। ‘मेरो घरमा नवदुर्गाको पूजा हुन्छ। देवीमा पनि नरिवल चढाउँछौँ। भोग दिने र बलि दिने चलन चाहिँ छैन’, उनले भने।
दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वका रुपमा लिइने गरेको मल्लले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19