काठमाण्डौ । महान चाड दसैँको रौनक बढिरहेको छ । मानिसहरु दसैँका योजना बनाउन थालिसकेका छन् । बिदाका समयमा घुम्न जाने वा घरमै बसेर रमाइलो गर्ने तरखरमा कतिपय होलान् ।
राजधानीबाट दसैँ मनाउन घर जानेहरु धमाधम गइरहेका छन् । बजारमा दसैँको किनमेल पनि ह्वात्तै बढेको छ ।
दसैँका लागि उपत्यकामा हजारौँ संख्यामा खसी, बोका, भेडा, च्यांग्रा भित्रिसकेका छन् । दसैँमा नेपालीहरुको मुख्य परिकार मासु नै हो । हरेक वर्षमा दसैँका लागि मासुको जोहो गर्न निश्चित बजेट विनियोजन पनि हुन्छन् । आफ्नो गच्छेअनुसार मासुको जार्छन् पनि ।
पर्वको यो बेला ‘रातो मासु’ को खपत बढी हुन्छन् । हरेक दिनजसो नेपालीको भान्सामा रातो मासुको परिकार बनेकै हुन्छ । तर रातो मासु स्वास्थ्यका लागि कति फाइदाजनक र कति हानिकारक छ भन्ने बहस पहिलेदेखि नै चलिरहेकै छ ।
विशेषगरी रातो मासुको असर र प्रभावका बारेमा स्वास्थ्यविज्ञहरुबीच नै मतान्तर छ ।
रातो मासु र प्रसोधित मासु (प्रोसेस्ड मिट) खाँदा डायबिटिज र हर्टसम्बन्धी रोगहरु लाग्ने खतरा बढी हुने चिकित्सकहरु बताउँछन् ।
यता हालै गठित मेडिकल विशेषज्ञहरुको एउटा प्यानलले नयाँ गाइडलाइन तय गरेका छन् । उनीहरुका अनुसार ससेज, लन्च मिट र बेकनजस्ता उत्पादन उपयोगमा कटौती गर्नुपर्ने औँल्याउँछन् ।
यो प्यानलमा सातवटा देशका विज्ञहरु समावेश छन् । यही प्यानलद्वारा जारी प्रतिवेदनमा भने रातो मासु र प्रशोधित मासु खाँदा हुने रोगका बारेमा नयाँ तथ्य सार्वजनिक गरिएको छ । उनीहरुले रातो मासु र प्रशोधित मासु खाँदा डायबिटिज, हर्ड डिजिज, क्यान्सरजस्ता रोग लाग्ने सम्भावनासँग कुनै सम्बन्ध नभेटिएको दाबी गर्छन् ।
प्रतिवेदनमा नर्थ अमेरिका र वेस्टर्न युरोपका मासिन सातामा दुई÷चार छाक रातो मासु वा प्रशोधित मासु खाने गरेको उल्लेख छ । तर उनीहरुमा त्यस्तो समस्या खासै नदिएको दाबी गरिएको छ ।
यदि हप्तामा दुई/चार छाक रातो वा प्रशोधित मासु खाँदा स्वास्थ्यमा कुनै असर नदेखिएमा यो प्रक्रियालाई जारी राख्न सकिने यो प्यानलको सुझाव छ । तर यदि कसैलाई रातो मासु वा प्रशोधित मासु खाँदा स्वास्थ्य समस्या देखिएकोजस्तो भान हुन्छ भने खान छोड्न पनि सकिने प्यालनको सुझाव छ । –एजेन्सीको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19