काठमाण्डौ । आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले दाङको घोराहीमा सेर शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। 

कम्पनीले यही असार २५ गते लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा एकदिवसीय धितोपत्र बजार लगानीकर्ता शिक्षा कार्यक्रम गरेको हो। कार्यक्रम आर्यताराका प्रबन्ध निर्देशक गुणनिधि भुसालको सभापतित्व तथा घोराही उपमहानगरपालिकाका मेय नरुलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। 

कार्यक्रममा लगानीकर्तालाई सेयरको आधारभूत प्रशिक्षण सुवासचन्द्र भट्टराई र प्राविधिक प्रशिक्षण सन्दीपकुमार चौधरीले प्रदान गरेका थिए। 

कार्यक्रममा मेयर चौधरीले पुँजी परिचालन र सेयर बजारले आर्थिक समृद्धिमा सहयोग पुग्नेमा जोड दिँदै घोराहीमा आर्यताराको सेवाबाट दाङवासीले लाभ लिन आग्रह गरे। 

कार्यक्रममा करिब २०० जना लगानीकर्ताको उपस्थिति थियो।