काठमाण्डौ । अनामनगर केन्द्रीय कार्यालय रहेको स्टक ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.को उपत्यका बाहिर दाङमा शाखा विस्तार गरी सेवा सञ्चालन गरेको छ ।
आर्यतारा दाङ जिल्लाकै पहिलो ब्रोकर शाखा हो । शाखाको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन भयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायण भुसालको प्रमुख आतिथ्यता र आर्यताराका अध्यक्ष भरतप्रसाद नेपालको सभापतित्वमा कार्यक्रम आयोजना भएकोमा कम्पनीका प्रबन्ध निर्देशक गुणनीधि भुसालले स्वागत मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रममा करिब ८० जनाको सहभागिता रहेकामा कार्यक्रमका प्रमुख अतिथि नारायण भुसालले सेवा विस्तारका लागि धन्यबाद दिदै भविष्यमा राम्रो सेवासुविधा पाउने आशा रहेको बताएका थिए ।
सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्पनीका प्रबन्ध निर्देशक गुणनीधि भुसालले राजधानीको ब्रोकरेज सुविधा सहज ढंगबाट दिइने र सेयरमा लगानी गर्न उनले आग्रह समेत गरे ।
दैनिक औसत ५५ सेवाग्राहीहरुको उपस्थिति रहँदै आएको आर्यताराको दाङस्थित शाखामा सेयर बजारबारे जिज्ञासा राख्दै कारोबार गर्न स्थानीय, कर्मचारी, व्यापारी, विद्यार्थी लगायतका व्यक्ति आउने गरेको र दैनिकजसो भीड लाग्ने गरेको प्रबन्ध निर्देशक भुसालले दाबी गरे ।
यो कम्पनीको हाल चुक्ता पूँजी २ करोड ७० लाख रहेको छ भने नेटवर्थ ८ करोड रहेको छ ।
दाङको घोराहीस्थित न्यूरोडसहित यो कम्पनीको उपत्यकाबाहिर शाखा संख्या २ पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago