काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ।
बजार आज ०.०१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६७.२१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.७२ प्रतिशतले बढेर ३६७.०६ को विन्दुमा उक्लिएको छ। कारोबार हिजोको तलनामा बढेर १ अर्ब ११ करोड रुपैयाँ बढी भएको छ।
बजार जानकार केशव कोइराला (काका) बजारले अहिले सिजनल बटम लगाउँदै गरेको बताउँछन्। ‘मेरो विचार जनवरी–फेब्रुअरीबाट बजारमा सुधार आउन सक्छ’, उनले भने, ‘हाम्रो बजारले प्रायः डिसेम्बरमा सधैँ बटम लगाउँछ।’
अहिले बजार साइडवेजमा चल्नुको मुख्य कारण भनेको ब्याज र कर तिर्ने भएकोले नै रहेको कोइरालाको भनाइ छ।
अर्का बजार जानकार अर्जुन थापा तरलता संकटकै कारण बजार स्थिर बनेको बताउँछन्। ‘अहिले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म रहेको अवस्था छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय युद्ध र कोभिडका कारण अर्थतन्त्र संकटमा देखिन्छ।’
अझै केही महिना बजार १८०० देखि २२०० को विन्दुको बीचमै रहन सक्ने थापाको भनाइ छ। ‘ब्याजदर सिंगल डिजिटमा नआएसम्म बजारमा ठूलो उतारचढाव हुने देखिँदैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक २.०४ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूह ०.४० प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.११ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.२८ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.१२ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.५२ प्रतिशत, वित्त समूहमा ०.७४ प्रतिशत, जलविद्युत समूहमा ०.६० प्रतिशत, लगानी समूहमा ०.२० प्रतिशत, जीवन बीमा समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०३ प्रतिशत, लघुवित्त समूहमा ०.१७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४७ कम्पनीका ३१ लाख ११ हजार ८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक १४ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ५ करोड ३१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ८१ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ९९ लाख रुपैयाँ, आँधिखोला लघुवित्तको ३ करोड ७ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड ५५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ३६ लाख रुपैयाँ, सिभिल बैंकको २ करोड १६ लाख रुपैयाँ र गरिमा विकास बैंकको १ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा धौलागिरी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।
यो दिन आँधिखोला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago