काठमाण्डौ । आइतबार नेप्सेमा कारोबार संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ ।
गत साताको अन्तिम कारोबार दिनको रेकर्ड ब्रेक गर्दै नेप्सेमा इन्ट्रा डे कारोबार संख्यामा नयाँ रेकर्ड बनेको हो ।
आइतबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये १८८ कम्पनीका सेयर ६४ हजार ५१५ पटक सेयर कारोबार भएर नयाँ रेकर्ड बनेको हो । यो तथ्यांक नेप्सेको वेबसाइटमा दिउँसो ३ः४० बजे देखिएको आधारमा लिइएको हो ।
नेप्सेमा गत बिहीबार ५३ हजार २४० पटक सेयर कारोबारको सर्वाधिक रेकर्ड कायम भएको थियो ।
सोही रेकर्डलाई तोडदै आज नेप्सेमा ६४ हजार ५१५ पटक सेयर कारोबार भई सर्वाधिक रेकर्ड कायम भएको छ । कारोबार संख्यामा दिनानुदिन रेकर्ड ब्रेक गर्नमा नयाँ आइपीओहरु दोस्रो बजारमा किनबेचमा आउँदा भएको हो ।
भर्खरै सूचीकृत भएका नयाँ कम्पनीका आइपीओहरुमा रिलायन्स लाइफ इन्स्योरेन्सको मात्र २० हजार ९५० पटक कारोबार भएको छ भने शीर्ष ५ स्थानमध्ये लिबर्टी दोस्रो, एनआरएन तेस्रो र एनआरआइसीले चौथो स्थान कब्जा गरेका छन् ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago