बजारले आजभोलि भन्दा भन्दै सबैलाई कठीन अवस्थामा पुर्याएको छ । लगानीकर्ताको पकड र उल्लेख्य लगानी नरहेको हाम्रो पूँजीबजारको बियरिस अवस्थालाई नकार्नु गलत हुनेछ । यस अवस्थामा के गर्ने, के नगर्ने व्यक्तिगत मात्र होईन, संस्थागत र बजारका लागि नै भनेर भित्र्याईएका संस्थाहरू पनि दिविधामा देखिएका छन् ।  जसले जे भने पनि कित्ताको खेलमा सबैभन्दा मुख्य कित्ता नै हो । विकल्प कति किता कहिले किन्ने, कहिलेसम्म धारण गर्ने, कस्तो कम्पनीको कित्ता, कहिले बेच्ने कि लाभांश खाने भन्ने नै हो । यसर्थ:

१. आफ्नो लगानी क्षमता, जोखिमवहन गर्ने क्षमता पुनरावलोकन गर्नुस्,
२.बजारको निगरानी र आफूसँग भएका कम्पनीहरुको वित्तीय अवस्था र बजारमूल्यलाई सूक्ष्म तरिकाले हेूूर्नुस्
३.बजारमा संभावित आपूर्ति, नियामक, सरकार र सम्बन्धित पक्षहरूको क्रियाकलापलाई अध्ययन गर्नुस्
४.आत्तिएर र बहकाउमा किनबेचको निर्णय नगर्नुस् ।
५.आफ्नो जोखिम क्षमता र लगानीका लागि पैसा छ भने बिस्तारै किन्नुस्, तर सबै पैसाको र किन्न खोजेजति आज‌ै वा एकैपटक नकिन्नुस् ।
६.कम्पनीको वित्तीय र व्यवसायिक अवस्था ठीक छ र बजारमा मूल्य निकै घटेको लागेमा केही कित्ता किन्ने प्रयास गर्नुस् ।
७.ऋणमा शेयर किन्नु भएको छ भने बैकल्पिक उपाय पनि खोज्नुस् नभए केही बेचेर वा थप शेयर किनेर थप धितोमा दिनुस् । याद गर्नुस घाटामा बेचेर तिर्नु र अहिलेको मूल्यमा किनेर कित्ता दिनुको तुलनात्मक लाभ हानी हेर्नुस् ।
८.कठीन अवस्थामा सकेको सबै खर्च जोगाउनुस्, ताकि जीवन यापनका लागि शेयरबजारमा निर्भरता कम होस्
९.जीवनको परीक्षा कठीन अवस्थामा नै हुने हो, अहिलेको अवस्थाबाट सिक्दै अगाडि बढ्ने हो, बरू अहिलेको अनुभव र सिकाईलाई अभिलेख बनाउनुस्, पछि पुनरावलोकन गर्न सकियोस्
१०. मुख्यतया कित्ताको खेलमा कित्ता जोगाउने वा बढाउनेतर्फ मुख्य ध्यान दिनुस् । कठीन भन्दा कठीन अवस्थामा पनि कित्तालाई सर्वोपरी राख्नुस् । कित्ता भए आज हारेको लडाई भोलि जितिन्छ, मैदान छोडे के हो, के हो भन्न सकिन्न ।

र, निश्कर्षमा कुरा सबैको सुन्नुस् निर्णय आफैं गर्नुस् ।

(मुंनकर्मी सेयर बजारका जानकार हुन् ।)