काठमाण्डौ। भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसको प्रकोप दिनानुदिन बढ्दै गएको छ।
पछिल्लो २४ घन्टाको अवधिमा दिल्लीमा ७९२ नयाँ संक्रमित फेला परेका छन्। अघिल्लो दिन ५०० संक्रमित फेला परेका दिल्लीमा एकैपटक झन्डै ३०० को हाराहारीमा संक्रमितको संख्यामा उछाल आएको हो।
दिल्लीमा हालसम्म १५ हजार २७५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिसकिएको छ। जसमा ७ हजार ६९० याक्टिभ केस छन्।
दिल्ली सरकारका तर्फबाट जारी बुलेटिनअनुसार हालसम्म दिल्लीमा कोरोनाबाट ३०३ संक्रमितको ज्यान गइसकेको छ।
त्यसो त दिल्लीमा निको भएर अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टा ३४० रहेको छ। हालसम्म दिल्लीमा ७ हजार २६४ जना निको भएर घर फर्किसकेका छन्। जुन कुल संक्रमित संख्याको ४७.५ प्रतिशत हुन आउँछ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago