काठमाण्डौ । हाल पुँजी बजारमा कायम गरिएको पुँजीगत लाभकरको नयाँ व्यवस्था अव्यवहारिक रहेको भन्दै लगानीकर्ताका नेताहरुले दीर्घकालीन लगानीकर्ताका हकमा २.५ प्रतिशत कायम गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन्।

आज अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गर्दै लगानीकर्ता संघसंगठन नेताहरुले यस्तो सुझाव दिएका हुन्। उनीहरुले चालु आर्थिक वर्षदेखि अल्पकालीन लगानीकर्ताहरुमा कायम गरिएको ७.५ प्रतिशत पुँजीगत लाभकरले लगानीकर्ताहरु निरुसाहित भएका कारण दैनिक कारोबारमा गिरावट आएको अर्थमन्त्री शर्मासमक्ष अवगत गराएका छन्। ‘यसले गर्दा सरकारले पाउने राजस्वमा समेत ह्रास आएको छ’, उनीहरुले भने, ‘त्यसैले गत आर्थिक वर्षमा कायम पुँजीगत लाभकरलाई निरन्तरता दिई दीर्घकालीन लगानीकर्ताका हकमा पुँजीगत लाभकर २.५ प्रतिशत कायम गरी लगानीको वातावरणलाई प्रोत्साहन गर्नुपर्छ।’

गत आर्थिक वर्षसम्म पुँजीगत लाभकर ५ प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो। 

छलफलमा सहभागी सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आफूहरुले अर्थमन्त्री शर्मालाई बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने र अहिलेको ब्रोकर कमिसन घटाउनुपर्ने सुझाव पनि दिएको बताए। ‘हामीले लगानीकर्ताहरुको बढ्दो सेयर खरिदबिक्री लागतलाई न्यूनीकरण गर्न अत्यन्त आवश्यक भएकोले हाल दोहोरो ब्रोकर कमिसन तिर्दै आएकोमा एकतर्फी रुपमा मात्र ०.१५ प्रतिशतभन्दा नबढ्ने गरी विद्यमान कमिसन दर तत्काल पुनरावलोन गर्नुपर्ने सुझाव दिएका छौँ’, उनले भने, ‘यी दुवै विषयमा अर्थमन्त्री सकारात्मक हुनुहुन्छ, उहाँले थप अध्ययन गरेर निष्कर्षमा पुग्ने बताउनुभएको छ।’

फुल्लेलका अनुसार अर्थमन्त्री शर्मा पुँजी बजारप्रति सकारात्मक नै छन्। ‘उहाँले आफूले पुँजी बजारलाई नजिकबाट हेरिरहेको र थप सुधारका कामहरु गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने।

छलफलमा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, फोरमका उपाध्यक्ष तुलसीराम ढकाललगायतको पनि सहभागिता थियो। छलफलमा लगानीकर्ता संघसंगठनका तर्फबाट पुँजी बजार सुधार र विस्तारका लागि ७ बुँदे सुझाव अर्थमन्त्री शर्मासमक्ष पेस गरिएको थियो। 

यस्ता छन् सुझावहरु –