काठमाण्डौ । छोटो समयमै दुईसय अंकले बढेको नेप्से परिसूचकमा यो साताको पहिलो दिन १६.७१ अंकले करेक्सन भएको छ।
नयाँ वर्षदेखि बुलिस प्रवृतिमा कुदेर दुईसय अंकले बढेको बजारमा विगत केही दिनअघिदेखिको करेक्नस आइतबार समेत जारी रहेको हो । दोहोरो अंकको करेक्सनसहित नेप्से परिसूचक १२७७.६८ अंकमा सीमित भएको छ।
नेप्से परिसूचकमा करेक्सनसहित कारोबार रकम पनि घटिरहेको छ । केही दिनअघिसम्म दैनिकजसो १ अर्ब कटिरहेको कारोबार रकम घटेर आइतबार ६५ करोड भन्दा केही बढीको मात्र कारोबार भएको छ ।
बजार परिसूचकसँगै कारोबार रकम पनि घट्नु भविष्यका लागि सुखद संकत होइन, तर विश्लेषकहरुले दुईसय अंकले बढेको बजारमा अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
उनीहरुले देशको जीडीपी ग्रोथमा सकारात्मक सुधार देखिएको, बैंकको ब्याजदरको तीव्र उतारचढावपूर्ण अवस्थाको अन्त भएको, पूँजीबजार सुधारका लागि धेरै प्रयासहरु भएका, अनलाइन कारोबार प्रणालीमा पहिलाजस्तो दैनिकजसो समस्या देखिन छाडेको लगायतका कारणले समेत बजार अझै बढ्ने दाबी गर्दै आएका छन् ।
उनीहरुले बजारमा जारी स्वभाविक करेक्सनबाट नआत्तिन र बढ्दो बजारमा कहिलेकाही थापिनसक्ने बुलको पासोबाट विशेष गरी साधारण र नयाँ लगानीकर्ता जोगिनुपर्नेमा जोड दिएकाछन् ।
आइतबारको बजारमा उत्पादनमूलक समूह २०.८ अंकले बढेको छ भने अन्य समूह १.१२ अंकले बढेको छ । बाँकी समूहको सूचकमा रातो पोतिएको छ ।
बैंकिङ समूह १६.०२ अंकले घटेको यो दिन होटल समूहमा १९.६१ अंक, विकास बैंक समूहमा १७.४४ अंक, जलविद्युत समूह ५३.८८ अंक, बित्त समूहमा २.४ अंक, निर्जीवन बिमा समूह २४.७३ अंक, माइक्रोफाइनान्स समूहमा २५.८७ अंक र जीवन बिमा समूहमा १२७.०२ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता सेयर ६५ करोड ३ लाख ७८ हजार ४५४ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन नेपाल बैंकले सबैभन्दा बढी ६ करोड २८ लाख बढीको कारोबार गर्यो ।
प्रभू बैंकले ४ करोड ६४ लाख बढीको कारोबार गरेको यो दिन शिवम् सिमेन्टले ४ करोड ६३ लाख, चिलिमे हाइडोले २ करोड २८ लाख, एनएमबी बैंकले २ करोड १२ लाख, कृषि विकास बैंकले २ करोड ११ लाख, एनआइसी एशिया बैंकले १ करोड ७३ लाख, जनता बैंक नेपालले १ करोड ७२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५३ लाख र सिभिल बैंकले १ करोड ३९ लाख बढीको कारोबार गरे।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा मल्टि पर्पोज फाइनान्सको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।
चिलिमे हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६२ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19