काठमाण्डौ । बोनस सेयरका लागि दुई जीवन बीमा कम्पनीको सेयरमूल्य शुक्रबार समायोजन भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राइम लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिकित्ता प्राइम लाइफको ७६६ रुपैयाँ र सूर्या लाइफको ६७४ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता प्राइम लाइफको ८२० रुपैयाँ र सूर्या लाइफको ७०८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।
प्राइम लाइफले सेयरधनीहरुलाई ७ प्रतिशत र सूर्या लाइफले ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन्। प्रस्तावित बोनस सेयर आउँदो वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यी कम्पनीले लाभांश र वार्षिक साधारणसभाका लागि आज पुस १७ गते बुक क्लोज गरेको छ। यसको हिजो पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago