काठमाण्डौ । दुई जीवन बीमा कम्पनी र एउटा जलविद्युत आयोजनाले साधारण सेयरको प्राथमिक निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स तथा अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । 

अपर हेवाखोलाले १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता आइपीओ निश्कासन गर्न खोजेको छ । आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धको रुपमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

यस्तै, युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको हो । यो कम्पनीको निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमीटेड रहेको छ । 

उता, सानिमा लाइफ इन्स्योरेन्सले भने ६० लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम पनि प्रभू क्यापिटलले नै गर्नेछ ।