काठमाण्डौ । लामो समयपछि खुलेको सेयर बजारमा लगातार दुई दिन उछाल आए पनि आज तेस्रो दिन बिहीबार भारी गिरावट आएको छ ।

आज कारोबार सुरु भएको २३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको गिरावट आएको हो । योसँगै नेगेटिभ सर्किट ब्रेक लगाउँदै नेप्सले कारोबार २० मिनेटका लागि स्थगित गरेको छ । 

यो ब्रेक लाग्दासम्म नेप्से परिसूचक ५३.५० अंकको गिरावटसँगै १२८३.०२ को विन्दुमा झरेको छ । यो अवधिसम्म नेप्सेमा सूचीकृतमध्ये १२९ कम्पनीहरुले २२ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार गरेका छन् ।