काठमाण्डौ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो। सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक बिदा हटाउने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को यो निर्णय असार १ देखि लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

यसअघि सरकारले पेट्रोलको खपत कम गर्न नेपाल आयल निगमको सिफारिसमा परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको आलोचना भएको थियो। 

सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।