गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ।
भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी–२० अर्थमन्त्रीस्तरीय बैठकको क्रममा अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता भएको हो। द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरुले व्यक्त गरे। एक–अर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेकोबारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो।
मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरे। सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएकोमा कोभिड–१९को कारणले समयमा अगाडि बढ्न नसकेकोमा अब चाँडै अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे।
मन्त्री महतले नेपाल र चीनबीचका महत्वपूर्ण सीमा नाकाहरुबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे। सुरुङमार्गको प्रसंगमा उनले टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे।
चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरु चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago