काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई बैंकका करिब डेढ करोड कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

नेप्सेमा सनराइज बैंक र मुक्तिनाथ विकास बैंक लिमिटेडका बोनस सेयरहरु सूचीकृत भएका हुन् । यी दुवै बैंकका गरी १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता सेयर सूचीकृत भएका छन् ।
सूचीकृतमध्ये सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता बोनस सेयर छन् । 
त्यस्तै मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।