traffic police
काठमाण्डौ । ट्रफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाहीको अभियान थालेको पँच बर्ष भइसक्यो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ०६८ मंसिर १७ देखि यस बर्षको माघसम्म २ लाख २८ हजार ५ सय ४२ जना कारबाहीमा परिसके । यसमध्ये पुरुष दुई लाख २७ हजार ९१ र १४ सय ५१ महिला छन् ।
ट्राफिक प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न स्थानमा मापसे गरी सवारी चलाउनेलाई कारबाही गरेको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी नयाँ बसपार्क क्षेत्रमा समातिएका छन् । मापसे गरी यात्रा गर्ने उपत्यकाका १० स्थानमा नयाँ बसपार्क, कोटेश्वर, दरबारमार्ग, बौद्ध, सातदोबाटो सिंहदरबार, कमलपोखरी, महाराजगन्ज, गौशाला र ठमेल परेको छ । सबैभन्दा कम भने ठमेलमा देखिएको छ ।
कारबाही परेका व्यक्तिको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा कम फर्पिङमा देखिएको छ । तथ्यांकअनुसार नयाँ बसपार्कमा १२ हजार जना मापसे कारबाहीमा परेका छन् । काटेश्वरमा १० हजार ८ सय ५५, दरबारमार्गमा १० हजार ८ सय १६, सातदोबाटोमा ९ हजार ७ सय १५, सिंहदरबार वरपर ९ हजार, कमलपोखरीमा ८ हजार, महाराजगन्जमा ८ हजार व्यक्ति कारबाहीमा परेका छन् ।
कारबाहीमा परेकामध्ये १ लाख ३८ हजार ३५ को लाइसेन्स ट्राफिकले प्वाल पारिसकेको छ । पहिलोपटक लाइसेन्स प्वाल पार्नेको संख्या १ लाख २ हजार, दास्रोपटक कारबाहीमा पर्ने साढे २३ हजार, तेस्रोपटक ७ हजार ६ सय, चौथोमा २ हजार ६ सय, पाँचौपटक ९ सय २० जनाको लाइसेन्स प्वाल परिसकेको छ । पाँचपटकभन्दा बढी मापसे परेपछि ३ सय ३३ जनाको लाइसेन्स निलम्बन गरिसकेको महाशाखाले जनाएको छ ।
०४९ मा जारी सवारी तथा यातायात व्यवस्था ऐन ०६८ देखि कार्यान्वयन भएको हो । पछिल्लो ५ वर्षको तथ्यांक विश्लेषण गर्दा मापसे कारबाहीमा पर्नेको संख्या बर्सेनि कम हुँदै गएको छ । आव ०६८/६९ मा ३९ हजार ६ सय ६७ जना कारबाहीमा परेका थिए भने ०६९/७० मा ५२ हजार २ सय ८० जना कारबाहीमा परे । ०७०/७१ मा यो संख्या बढेर ५४ हजार पुग्यो । त्यसयता मापसे कारबाहीमा पर्नेको संख्या घटदै गएको छ ।
०७१/७२ मा कारबाहीमा पर्नेको संख्या ३६ मा झर्यो । गत वर्ष २९ मात्रै कारबाही परे । यस वर्ष ७ महिनामा १६ हजार जना कारबाहीमा परेका छन् । समाजमा आफ्नो प्रतिष्ठानको ख्याल गर्नेले मापसे गरी सवारी चलाउन छाडेपछि कारबाही पर्नेको संख्याको घटेको हुन सक्ने डीआईजी प्रकाश अर्यालले बताए ।
‘कारबाहीमा परे प्रतिष्ठामा आँच आउँछ भन्ने सोचेका व्यक्तिले अब ड्रिंकस् डाइभ गर्नु हुँदैन भन्ने सोचमा परिवर्तन आएको छ,’ उनले भने, ‘जसलाई आफ्नो प्रतिष्ठाको ख्याल छैन । कानुनको सम्मान गर्दैन, उसले आफूलाई सहज कुरा मात्रै ध्यान दिन्छ । हजार रुपैयाँ जरिवानाको भ्यालु नदिनेले मात्रै बारम्बार गल्ती गरिरहेका छन् ।’ मापसे चेकिङमा ट्राफिक प्रहरीले ‘एक्स्ट्रा डयुटी’ गर्नु परेको उनले बताए । मापसे गरेका चालकले चलाएको सवारीको ठक्करबाट कतिपय ट्राफिक घाइतेसमेत भएका छन् ।
‘ट्राफिकले गरेको एक्स्ट्रा कामको राज्यले भुक्तानी दिनुपर्ने हो भने धेरै खर्च हुन्छ,’ उनले भने, ‘चोक–चोकमा चेकिङ गर्नुको साटो अब जरिवाना रकम बढाएर मापसे गरी सवारी चलाउनेलाई अपराधीका रूपमा मुद्दा चलाउने व्यवस्था गर्नुपर्छ ।’ अन्य मुलुकमा मापसे गरी सवारी चलाउनेलाई अपराधीका रूपमा लिने गरेकाले नेपालमा पनि जेल सजायको व्यवस्था गरे मात्रै न्यून हुने उनको भनाइ छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago